काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत संगठन शुद्धिकरण तथा विस्तार कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकालाई कसरी विकास उन्मुख गराउने र पार्टी कमिटीलाई कसरी अगाडी बढाउने भन्नेबारे छलफल गर्न चौरीदेउराली गाउँपालिका कमिटी र चौरीदेउराली–काठमाडौ मञ्चले काठमाडौंमा कार्यक्रम आयोजना गरेका हुन् ।
भएका कमिटीलाई यथावत राखी नयाँ कमिटी विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कार्यक्रममा विमर्श भएको बताइएको छ । एमालेले अहिले देशव्यापी रुपमा ‘मिसन ग्रासरुट’ कार्यक्रम गर्दै आएको छ । यो अभियान वैशाख १० सम्म चल्ने जनाइएको छ ।





















प्रतिक्रिया