Logo

अर्थ

तोलामा ६ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलमा २५ रुपैयाँले १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ११:४८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।