काठमाडौं । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बारा २ बाट गत ४ मंसिरमा भएको आमचुनावबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको हो । त्यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।
बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ भने लोसपाबाट राजेन्द्र महतोले उम्मेदवारी दिने तयारी गरेका छ । एमालेले निर्णय गरिसकेको छैन ।




















प्रतिक्रिया