काठमाडौं । पाइलट बिरामी परेपछि रोकिएको नेपाल वायु सेवा निगमको वाइड बडी, आरए–२३० जहाज २६७ यात्रु बोकेर दुबई उडेको छ । जहाज शनिबार राति साढे ११ बजे नै दुबईका लागि उड्नुपर्ने कार्य तालिका भएपनि उडानको अन्तिम आवरमा पाइलटले बिरामी परेको रिपोर्ट पठाएसँगै उडान प्रभावित हुन पुगेको थियो ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार सोही जहाज आज बिहान ११ बजे दुबई उडेको हो । यता एकदिन उडान क्यान्सिल हुँदा निगमलाई भने लाखौं रुपैयाँ नोक्सान हुन पुगेको छ । उडानका लागि बोर्डिङ पास समेत लिइसकेका यात्रुहरूलाई होटेलमा राख्नुपरेको छ भने उता दुबईबाट फर्किने सोही जहाजको सेडूल समेत प्रभावित हुँदा उताको यात्रुहरूलाई समेत होटेलमा राख्नुपरेको छ । जसले दुवै तर्फको गरी ५४० जनाभन्दा बढीलाई होटेलमा राख्नु पर्दा यसले निगमको खर्च बढाएको छ ।





















प्रतिक्रिया