Logo

अर्थ

उपनिर्वाचन : उम्मेदवारी दर्ताका लागि दलैपिच्छे फरक समय निर्धारण



तनहुँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि हुने उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । उपनिर्वाचनका लागि भोलि (सोमबार) उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै छ ।

उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन भन्दै तनहुँ–१ मा भने राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ ।

एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा ९एमाले० लाई ११ बजे, नेकपा माओवादी केन्द्रलाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिउँसो १ बजे र एकीकृत समाजवादीलाई १ः३० को समय निर्धारण गरिएको छ । अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १९:२६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।