Logo

प्रमुख समाचार

सक्ने नै भनेर काेही लागिपरे भने बेग्लै कुरा, नभए अब कानुनी उल्झन आउँदैन : रवि लमिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब आफूमाथि कानुनी उल्झन नआउने जिकिर गरेका छन् । सोमबार चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि उमेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् ।

आफूविरुद्धको मुद्दा न्यायिक प्रक्रियाबाट टुंगोमा पुगेको भन्दै अब समस्या ननिम्तने लामिछानेको दाबी छ । राहदानीको विषय न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको उनको भनाइ छ ।

“कानुनी उल्झन हुँदैन । कसैले कसैलाई चाह्यो भने छिद्र बुझेर, सक्ने नै भनेर लागिपरे बेग्लै कुरा हो । त्यसबाहेक मैले देखेको छैन । न्यायिक प्रक्रियाबाट टुंग्याइसकेको कुरा हो,” उनले भने ।

  • याे पनि…

उपनिर्वाचन : रवि लामिछानेकाे चितवन-२ मा उम्मेदवारी दर्ता

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १३:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।