काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब आफूमाथि कानुनी उल्झन नआउने जिकिर गरेका छन् । सोमबार चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि उमेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् ।
आफूविरुद्धको मुद्दा न्यायिक प्रक्रियाबाट टुंगोमा पुगेको भन्दै अब समस्या ननिम्तने लामिछानेको दाबी छ । राहदानीको विषय न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको उनको भनाइ छ ।
“कानुनी उल्झन हुँदैन । कसैले कसैलाई चाह्यो भने छिद्र बुझेर, सक्ने नै भनेर लागिपरे बेग्लै कुरा हो । त्यसबाहेक मैले देखेको छैन । न्यायिक प्रक्रियाबाट टुंग्याइसकेको कुरा हो,” उनले भने ।
- याे पनि…




















प्रतिक्रिया