काठमाडौं । बारा –२ को उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उमेदवारी दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि यादवले सत्ता गठबन्धनमा आबद्धमध्ये पाँच दलका तर्फबाट साझा उमेदवारी दिएका हुन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी २ बाट जनतमत पार्टीका अध्यक्ष सिके राउतसँग ठूला मतान्तरले पराजित भएका उनी उपनिर्वाचनमार्फत सांसद छिर्ने प्रयासमा छन् ।
बारा–२ बाट जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन हुन लागेको हो ।




















प्रतिक्रिया