काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मात्र एकसय दिनका लागि १३ वटा मन्त्रालय चलाउन दिए आफूहरुले देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् । चितवन २ मा हुन लागेको उपनिर्वाचनका उम्मेदवारसमेत रहेका उनले आज (मंगलबार) चितवनकै चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मैले दश दलीय गठबन्धनका नेताहरुलाई प्रस्ताव गर्न चाहन्छु’, लामिछानेले भने, ‘हामीलाई १३ वटा मन्त्रालय मात्र एक सय दिन हामीलाई चलाउन दिनुस् । देशमा थिति कसरी बसाल्नुपर्छ म गरेर देखाइदिन्छु । देश कस्तो बनाउनुपर्छ म देखाइदिन्छु ।’




















प्रतिक्रिया