Logo

अर्थ

ग्लोबल हाईड्रोलाई मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्टद्वारा शेयरको प्रत्याभूति सेवा



काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडलाई मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउने भएका छन् । शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउनेबारे आज (मंगलबार) दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट का. मु. सीईओ शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख बराबरको ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने शेयर बिक्री नभएमा मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले बिक्री नभएको शेयर खरिद गर्ने छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १९:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।