Logo

अर्थ

इन्धनको मूल्यसँगै घट्यो हवाइ भाडा, कहाँ जान कति (सूचीसहित)



काठमाडौं । इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घताएसँगै उडानको पनि भाडा घटाइएको वायु सेवा सञ्चालक संघले जनाएको छ ।

जसअनुसार काठमाडौंबाट भद्रपुरसको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ घटेको छ । यसैगरी जनकपुरकको भाडा १३० रुपैयाँ र भरतपुरको १०५ रुपैयाँले घटेको छ ।

यता पोखराको १५५ रुपैयाँ हवाइ भाडा घटेको छ । सबैभन्दा बढी भाडा काठमाडौंबाट धनगढीको उडानका लागि घटेको छ । यो रुटको भाडा ४४० रुपैयाँ भाडा घटेको हो ।

यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३ सय रुपैयाँ भाडा घटेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार २२:०१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।