Logo

स्वास्थ्य

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु



रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

ती महिला मधुमेहकी दीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १५:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।