काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध युवराज पौडेल (सफल)ले सोमबार हालेका रिटमा आज (बुधबार) सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।
मुद्दा मंगलबार पेशीमा चढेको भएपनि हेर्न नमिल्ने भएपछि बुधबार न्यायायाधीश हरि फुयालको इजलासबाट सुनुवाइ भएको हो । जसअनुसार लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालय सहितसँग जवाफ माग गर्ने आदेश भएको हो ।
लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।




















प्रतिक्रिया