काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकता हुने भएको छ । दुवै पार्टीबीच आगामी वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर पार्टी एकता गर्ने निर्णय भएको हो ।
वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइने क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए । वैद्य नेतृत्वको पार्टीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष छन् । यस्तै बास्तोला नेतृत्वको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने छन् ।
पार्टी एकता भएपछि पार्टी अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने समझदारी बनाएको बताइएको छ । आलोपालो नेतृत्व गर्ने गरी दुई जनावीच अध्यक्ष मण्डल बनाइने एक नेताले बताए । मोहनविक्रम सिंह नेतृत्वको नेकपा क्रान्तिकारी मसालसँग पनि एकता गर्ने भनिए पनि सहमति नजुट्दा सो एकता रोकिएको छ ।




















प्रतिक्रिया