Logo

प्रमुख समाचार

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी कानुन बनाउने सरकारको घोषणा



काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न कानुन बनाउने घोषणा गरेको छ ।

बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सञ्चारमन्त्री रेखा शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गरिने बताइन् ।

हाल विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था छैन । तर लामो समयदेखि विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्ने माग हुँदै आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।