Logo

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको चिकित्सकमा डा.सिंह



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक चिकित्सक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले डा. अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।

सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकलसम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्येश्यले डा. सिंहलाई मेडिकल संयोजकमा नियुक्त गरिएको हो ।

यसअघि राष्ट्रिय क्रिकेट टोलीमा निजी चिकित्सक थिएनन् । नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान जोगाउन सफल भएलगत्तै सङ्घले डा. सिंहलाई मेडिकल कोअर्डिनेटर नियुक्त गरेको हो ।

सचिव पाठकले राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीमा भरोसा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् । डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १०:५०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।