काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटमा आज (शनिबार) नेपाल र भियतनाम पुन भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल आज भियतनामलाई हराउने योजनामा छ । तर, भियतनामलाई हराउँन सहज हुने छैन । यता, भियतनाम पनि नेपाललाई दोस्रो खेलमा समेत हराउँन चाहन्छ । भियतनाम नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ । यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो । भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ । नेपाल भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेका छन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका हुन् । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।




















प्रतिक्रिया