काठमाडौं । काठमाडौं महानगरपालिकामा झन्डै दुई दर्जन प्रहरी बिट फुटपाथमा रहेकाे पाइएकाे छ । आज (शनिबार) ती फुटपाथ तथा सडक मिचेर बनाइएका प्रहरी संरचनाकाे विवरण सार्वजनिक गर्दै महानगर प्रमुख बालेन्द्र साहले त्यसलाई हटाउन आग्रह गरेका छन् । महानगरपालिकाभित्रका विभिन्न प्रहरी संरचनाहरुको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्ता संरचना हटाउन आग्रह गरेका हुन् ।
फुटपाथमा व्यापार गर्न रोकेको भन्दै मेयर साहले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उल्लेख गरेका छन् । उनले यी संरचना प्रहरी आफैले नहटाएमा समतामूलक कानुनको प्रयोगको लागि आफूहरु संरचना हटाउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।
महानगर प्रमुख साहले सार्वजनिक गरेका विवरणअनुसार प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा, असन चोक, न्यूरोड पिपलबोट, रातो पुल, बौद्ध प्रहरी वृत्त अगाडि, चुच्चेपाटी, जडीबुटी चोक, सिनामंगल चोक लगायतका ठाउँमा फुटपाथ तथा सडक मिचेर प्रहरी बिटहरु बनाइएका छन् ।
मेयर साहले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको उल्लेख गरेका छन् ।




















प्रतिक्रिया