Logo

प्रमुख समाचार

ह्याम्स अस्पताल पुगेको हेलिकप्टरको पंखा खसेपछि…



काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टरको पंखा खसेको छ ।
डाक्टर लिएर बिरामी लिन भरतपुर जानका लागि ह्याम्स अस्पताल पुगेको अल्डिच्युट एयरको हेलिकोप्टरको अवतरणका क्रममा पंखा खसेको हो ।

हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । अल्टिच्युटको हेलिकोप्टरको पंखा खसेपछि एयर डानेष्टी हेलिकप्टरको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।

पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी छ । सो घटनामा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १५:५५   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।