काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टरको पंखा खसेको छ ।
डाक्टर लिएर बिरामी लिन भरतपुर जानका लागि ह्याम्स अस्पताल पुगेको अल्डिच्युट एयरको हेलिकोप्टरको अवतरणका क्रममा पंखा खसेको हो ।
हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । अल्टिच्युटको हेलिकोप्टरको पंखा खसेपछि एयर डानेष्टी हेलिकप्टरको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए ।
पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी छ । सो घटनामा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया