Logo

प्रमुख समाचार

नेकपा एसबाट अलग हुँदै मुकुन्द न्यौपानेले भने- सम्मानित ठाउँ पाए झलनाथ खनाल पनि एमालेमा फर्कन्छन्



काठमाडौं । नेता मुकुन्द न्यौपानेले नेकपा एकीकृत समाजवादीका झन्डै दुईतिहाई नेता कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेको बताएका छन् । उनले नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत सम्मानित ठाउँ पाए फर्कने दाबी गरे ।

शनिबार नेकपा एसबाट विद्रोहको घोषणा गर्दै नेता न्यौपानेले नेकपा एसको भविष्य नरहेको तर्क गरे । उनले देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको भन्दै उनीहरु एमालेमा फर्किन तयार रहेको दाबी गरे । न्यौपानेले तत्काल आफूले स्वतन्त्र रहेर सबैतिर संयोजन गरेको र चाँडै मिति तय गरेर एमालेमा एकीकृत हुने जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेता न्यौपानेले झलनाथ खनाल पनि माधव नेपालको कार्यशैली र दक्षिणपन्थी सोचबाट असहमत रहेको भन्दै एमालेले सम्मानित नेताको दर्जामा राम्रो सम्मान दिए नेकपा एसको दुई तिहाइ शक्ति त्यहाँबाट अलग हुने बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १६:१४   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।