Logo

अर्थ

योजना आयोगमा पूर्व उपाध्यक्ष भन्छन्- ‘दिगो विकासको लक्ष्य प्राप्तीमा सहकारीको भूमिका महत्वपूर्ण’



काठमाडौं । योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकासका लक्ष्य प्राप्तीका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनको तेस्रो दिन कार्यक्रमको अध्यक्षता गर्दै कँडेलले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहकारीबाट दिगोे विकासका लक्ष्य प्राप्ती सम्बन्धी कामहरु भएको बताएका हुन् ।

‘नेपालले दिगो विकासमा मिश्रित किसिमको उपलब्धि हासिल गरेको छ । सहकारीको भूमिका १५औं योजनामा समेत प्रष्ट रुपमा खुलाइएको छ । सहभागितामा कुनै समस्या छैन । सरकारले नै सहकारी मार्फत हुन सक्ने दिगो विकासमा जोड दिएको छ । राज्य स्तरमा बुझाई र समन्वयमा समस्या छ । तर, पनि सहकारी अभियानले दिगो विकासमा ध्यान दिन आश्यक छ’, कँडेलले भने ।

त्यसैगरी कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलेले सहकारीले दिगोे विकासका सबै लक्ष्य प्राप्ती गर्ने कामहरु गरेको बताए । ‘सहकारी क्षेत्रले न्यून आय भएका वर्गमा आर्थिक उन्नति गर्नतर्फ प्रोत्साहन गरेको हुन्छ । जसले बजार गतिशिल बनाउनको लागि भूमिका निर्वाह गरेको छ । पूँजीवादलाई बचाउनको लागि सहकारी आवश्यक छ, त्यसैले सामाजिक आयामलाई बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण छ’, पोखरेलले भने ।

उद्यमहरुको प्रचार प्रसार र पूँजी उत्पादन गर्न सहकारीले सहयोग गरेको समेत पोखरेलले बताए । ‘स्थानीय स्तरमा रहेका स्रोत साधनहरुलाई पहिचान गरी त्यसको परिचालन सहकारीमार्फत उचित रुपमा भएको छ’, उनले भने, ‘सहकारीले सबैलाई समेटेर उत्पादनलाई संस्थागत गरेको छ ।’

समाजमा देखिएको वर्गीय असमानतालाई बचाउनको लागि सहकारीले राम्रो भ्रमिका निर्वाह गरेको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले बताए । सहकारीले गरिब अन्त्य, रोजगारी र उद्यमशिलतालाई जोड दिएको पोखरेलले बताए । सहकारीले गुणस्तरिय शिक्षाको लागि बिना धितो कर्जा प्रवाह, सामाजिक असमानता न्यूनिकरण गर्न, शान्ति स्थापना गर्नको लागि सहकारी अग्रसर रहेको पोखरेलको भनाइ छ । राज्य पुग्न नसकको ठाउँमा पनि सहकारी पुगेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १७:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।