काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रही तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया