काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिकर्मीसँग एजेन्डा नै राम्रो हुनुपर्नेमा जोड दिएका छन् । आइतबार इलाममा सुरु भएको साहित्य महोत्सवमा ‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षक छलफलमा भुसालले एजेन्डाविनाको अनुहार मुखुण्डोमात्रै हुने बताए ।
नेता भुसालले दलहरु जनताका एजेन्डाबाट टाढा हुँदै गएको पनि बताए । उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले एजेन्डा छोडेर जनताबाट टाढा भएको उनको ठहर छ ।
यसैगरी नेता भुसालले गणतन्त्रको पञ्चायतीकरण भएको पनि बताए । ‘पञ्चायतले आफूलाई दरबारकरण गरेको थियो’, उनले भने, ‘गणतन्त्र पञ्चायतीकरण भएको छ ।’




















प्रतिक्रिया