Logo

प्रमुख समाचार

घनश्याम भुसाल भन्छन्– एजेन्डाविनाको अनुहार मुखुण्डोमात्रै



काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिकर्मीसँग एजेन्डा नै राम्रो हुनुपर्नेमा जोड दिएका छन् । आइतबार इलाममा सुरु भएको साहित्य महोत्सवमा ‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षक छलफलमा भुसालले एजेन्डाविनाको अनुहार मुखुण्डोमात्रै हुने बताए ।

नेता भुसालले दलहरु जनताका एजेन्डाबाट टाढा हुँदै गएको पनि बताए । उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले एजेन्डा छोडेर जनताबाट टाढा भएको उनको ठहर छ ।

यसैगरी नेता भुसालले गणतन्त्रको पञ्चायतीकरण भएको पनि बताए । ‘पञ्चायतले आफूलाई दरबारकरण गरेको थियो’, उनले भने, ‘गणतन्त्र पञ्चायतीकरण भएको छ ।’

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १३:२२   :  बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।