Logo

प्रमुख समाचार

सर्वत्र आलोचनापछि विभागले परिपत्र सच्याउँदै भन्यो- ‘आमाकै थर र ठेगानाबाट जन्मदर्ता’



काठमाडौं । एकल महिलाबाट जन्मेका सन्तानलाई मावलीकै थरबाट जन्मदर्ता प्रदान गर्ने भनी यसअघि जारी भएको परिपत्रको सर्वत्र आलोचना भएपछि सरकारले सच्याएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत २२ गते स्थानीय पञ्जिकाधिकारीहरुलाई परिपत्र जारी गर्दै मावली थर राख्ने व्यवस्था गरिएकोमा बच्चा जन्मिँदा कायम आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने भनी आइतबार सच्याएको हो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले हस्ताक्षर गरी आइतबार जारी गरेको नयाँ परिपत्रमा भनिएको छ, ‘बच्चाको जन्म दिने आमाको लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै संविधानअनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्न परिपत्रका सम्बन्धमा थप स्पष्ट पारिएको छ ।’

सच्याइएको परिपत्रमा सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको सन्दर्भमा आमाको हालको स्थायी ठेगानाबाट, कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता गर्दा आमाकै स्थायी ठेगाना भएको वडा कार्यालयबाट, बालविवाह, बहुविवाहबाट जन्मेका बच्चाको कानुनबमोजिम तथा मातृत्व÷पितृत्व पत्ता नलागेको, कुनै पनि परिवार नभएको प्रमाणित भएमा संरक्षकले दिएकै ठेगाना, नाम र थर राखी जन्मदर्ता पाउने बुँदाहरू थप गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १९:०८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।