Logo

राजनीति

संक्रमणकालीन न्यायको विषयमा माओवादी केन्द्रले अन्तरक्रिया गर्ने



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया गर्ने भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित अन्य राजनीतिक दल र विभिन्न सरोकारवाला पक्षहरूसँग माओवादीले आज (सोमबार) अन्तरक्रिया गर्न लागेको हो ।

कार्यक्रम दिउँसो प्रज्ञा भवन कमलादीमा हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी घटनालाई लिएर सर्वोच्च अदालतले दिएको आदेश र राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थाहरूले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पु¥याउन आग्रह गरेपछि सरकारले यससम्बन्धी विधेयक संसदमा लिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ११:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।