Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पतालमा भएको भ्रष्टाचार छानबिन गर्न माग



सुर्खेत । सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा भएको भ्रष्टाचार प्रकरण छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा हिमालयन म्यासेजको तर्फबाट रवि किरण हमालले मुद्दा दर्ता गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी भेषराज रिजाललाई भेटेर हिमालन म्यासेजका प्रकाशक रवि किरण हमालले मुद्दा दर्ता गराएका छन् । उनले कर्णाली प्रदेश अस्पताल सुर्खेतले थ्री टेस्ला क्षमताकै एमआरआई मेसिन खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै निवेदन दिएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ यद्यपि यसको मुल्य कम रहेको छ ।

उक्त प्रकरण कर्णाली प्रदेश भित्रको सबैभन्दा ठुलो भ्रष्टाचार प्रकरण भएको र यो स्वयं अस्पतालमा कार्यरत स्वास्थकर्मीबाट पनि आएको किरणले दाबी गरेका छन् ।

सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन खरिदमा करोडौं भ्रष्टाचार भएको मिडियामा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  ११ : ४१ बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।