काठमाडौं । सभामुख देवराज घिमिरेले पहिलाे पटक बाेलाएका प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएकाे छ । बानेश्वरस्थित संसद् भवनमा बसिरहेकाे बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ ।
गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो पटक बस्ने लागेको बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।
गत चैत २३ गते गठन भएको कार्यव्यवस्था परामर्श समितिमा दलहरुका तर्फबाट अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सोशी (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य छन् ।




















प्रतिक्रिया