काठमाडौं । नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं महानगरपालिकासँग संवाद गरेर फोहोर नउठ्ने समस्या समाधान गर्न आग्रह गरेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सिंहदरबार, बालुवाटार, शीतलनिवासलगायतको फोहोर नउठाउन निर्देशन दिएपछि थापाले महानगरसँग संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा थापाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न भूमिका निर्वाह गर्नका लागि पनि आग्रह गरेका छन् । ‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने भनेको छ । निर्वाचित जनप्रतिनिधि स्थानीय सरकारको प्रमुखले आफ्नो अहसमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली प्रयोग भएको भाषा लवज ठीक वा बेठीक यसका बारेका बहस हुन सक्ला बहस गरौंला । तर अहिलेलाई प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–कुनै बिलम्ब नगरी, आग्रह नराखी काठमाडौं महानगरसँग छलफल गरियोस् । संवाद गरियोस्’, उनले भने ।
महानगरसँगको वार्तामा काठमाडौंका सांसदहरुलाई सामेल गराउन आग्रह पनि थापाले गरे । उनले उनले तत्कालका लागिय उक्त विषय टुंगो लगाएर दीर्घकालीन समस्या समाधानका लागि कानुन निर्माण गर्ने र संयन्त्र परिचालन तथा क्रियाशील गर्नुपर्ने पनि बताए । स्थानीय तह, प्रदेश र संघबीच समन्वय हुनुपर्ने थापाको भनाइ थियो । उनले तीन तहका सरकार समन्वयमा चल्नुपर्ने पनि बताए ।




















प्रतिक्रिया