Logo

राजनीति

अब्दलु खानलाई निलम्बको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना



काठमाडौं । पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बनको माग गर्दै पार्टी कार्यालयमा राष्ट्रिय एकता अभियानले धर्ना दिएको छ । खानले अश्लिल हर्कत गरेको भन्दै उनलाई निलम्बनको माग गरिएको हो ।

सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले भने त्यो भिडियो देखाएर आफूसँग भारतीय गिरोहले रकम माग गरेको र रकम नदिएपछि सामाजिक सञ्जालमा हालेको बताएका छन् ।

खानले भिडियोमा देखिएको गतिविधि आफूले नगरेको दाबी पनि गरेका छन् । अभियानले यसअघि गत शुक्रबार सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १६:५५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।