Logo

स्वास्थ्य

डा. केसी अनशन तोडेको १० दिनपछि डिस्चार्ज



 डाक्टर गोविन्द केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । झण्डै एक महिना लामो अनशनपछि अस्पताल भर्ना भएका डाटर केसी १० दिनपछि डिस्चार्ज भएका हुन् ।

डाक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि उचित उपचारको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै १९ औं अनशन बसेका थिए ।

उनले  असाेज २५ गते सरकारी पक्षसँग छलफल गरेर सहमतिपछि अनशन तोड्न राजी भएका थिए । त्यसपछि त्रिवि शिक्षण अस्तपालको आइसियूमा भर्ना गरिएका डाक्टर केसी आज पूर्ण स्वास्थ्य भएपछि डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  ४ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।