काठमाडौं । शहरी विकास मन्त्री सीता गुरूङले फोहोर व्यवस्थापनको सवालमा काठमाडौं महानगरसँग समन्वय गर्ने कुरामा कुनै कञ्जुस्याइँ नरहेको बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने पनि बताइन् ।
‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याँइ हुँदैन । विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति शहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो’, उनले भनिन्, ‘हिजो मात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौँ।’
उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताइन् ।




















प्रतिक्रिया