Logo

प्रमुख समाचार

तीन महिनापछि कोरोनाबाट एक जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या पाँचसय नजिक



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट तीन महिनापछि मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृतक पुरूष ७८ वर्षका हुन् । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।

यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् । यस्तै ४८ जना निको समेत भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १७:११   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।