Logo

स्वास्थ्य

देशभर ७८ कोरोना संक्रमित भेन्टिलेटरमा, २७३ को आइसियुमा उपचार हुँदै



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५१ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५० जना आइसियु र ४९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४८ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन्।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार