काठमाडाैं । वैशाखदेखि बैंकको ब्याजदर ९.९ प्रतिशत कायम हुने भएकाे छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन), प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच भएको भेटमा निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति भएको हो ।
सिविफिनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अध्यक्ष भोजबहादुर थापाले प्रधानमत्री, अर्थमन्त्री र गभर्नरले ब्याजदरलाई ९.९ प्रतिशतमा झार्ने प्रतिबद्धता गरेको बताएका हुन् ।
वैशाखदेखि निक्षेपको व्याजदर घट्ने सिविफिनका अध्यक्ष पवन गोल्यानले बताएका छन् । उनले बैंकको ब्याजदर एकल अंकमा अर्थात् ८ प्रतिसतमा ल्याउनुपर्ने भन्दै आफूले प्रयास गरिरहेको समेत बताए । गोल्यानले वैशाखदेखि संस्थागतको ब्याजदर ६ प्रतिशत हुने बताएका छन् ।
ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेकको भन्दै उनले अहिलेको बैंकको ब्याजदर उद्योगी व्यवसायीले वहन र सहन गर्न नसक्ने भन्दै एकल अंकमा आउनुपर्ने माग गरेका हुन् ।




















प्रतिक्रिया