काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज थपिएकासँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ । संक्रमितहरुमध्ये १२ जना आईसीयूमा, ३ जना भेन्टिलेटरमा छन् भने २७ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार यही अवधिमा ७४ जना निको भएर घर फर्किएका छन् ।




















प्रतिक्रिया