Logo

खेलकुद

रोहित चन्दद्वारा पर्सिकसँगको सम्झौता नवीकरण



काठमाडौं । नेपाली राष्ट्रि फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको लिगा वान क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । पर्सिकले सामाजिक संजालबाट रोहितले नयाँ सिजनका लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।

सम्झौता नवीकरणसँगै रोहितले लगातार दोस्रो सिजन पर्सिकबाट खेल्ने भएका छन् । रोहित गत वर्ष पर्सिकमा अनुबन्धित भएका थिए । पर्सिक अघि रोहितले पर्सिजा जकार्ताबाट खेलेका थिए ।

३१ वर्षीय रोहितको यो तेस्रो इन्डोनेसियाली क्लब हो । रोहितले सुरुआतमा पीएसपीएस पेकान्बारूबाट खेलेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार ११:४२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।