Logo

खेलकुद

ओमानमाथि नेपालको सहज जित



काठमाडौं । नेपालले ओमनसँगको अभ्यास खेलमा सहज जित निकालेको छ । उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै अभ्यास खेलमा ओमानमाथि नेपालले ५ विकेटको जित हात पारेको हो । एसिसी प्रिमियर कपअघि नेपाल र ओमानले आज (शनिबार) अभ्यास खेल खेलेका हुन् ।

जितका लागि २४७ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।

अर्जुन साउद ६७, कप्तान रोहित पौडेल ५८ र दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए । ओपनर देव खनाल १०, ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए । कुशल मल्ललाई ८ रनमा बोल्ड आउट भए । सन्दीप जोरा ११ र भीम सार्की १ रनमा अविजित रहे । ओमानका कप्तान जिशान मकसुदले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका युवा खेलाडी शोएब खानले १ सय १० रनको अवजित शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १७:३९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।