काठमाडौं । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निर्देशनमा राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जानकारी दिएका छन् ।
‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्युले निर्धारण गर्नुहुने व्यहोरा माननीय सदस्यहरुका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले लेखेका छन् । तर बैठक स्थगित हुनुको खास कारण भने स्पष्ट रुपमा खुलाइएको छ ।
यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो । चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो ।
हेर्नुहाेस् सूचना





















प्रतिक्रिया