Logo

प्रमुख समाचार

माइतीघरमा विराेध प्रदर्शन गर्दै मिटरब्याजी पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा



काठमाडौं । मिटरब्याजी पीडितले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । प्रहरी प्रशासन लगाएर दमन गरेकाभन्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका उनीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरूले गृहमन्त्रीविरुद्ध नाराबाजी गरे । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेका उनीहरुको आरोप छ । सोमबार काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही पीडित घाइते समेत भएका थिए ।

मिटरब्याजीविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले शान्तिपूर्ण आन्दोलनमा रहेकालाई सरकारले दमन गरेको भन्दै आपत्ति जनाए । उनले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

सरकारले बनाएको टोलीसँगको वार्ता भाँडिएको भन्दै मिटरब्याजी पीडितहरुले आन्दोलन सशक्त परेको बताएका छन् । यसअघि पहिलो चरणमा ११ दिन पैदल हिँडेर काठमाडौं आएको टोलीसँगको वार्ता निष्कर्षमा पुगेपनि दोस्रो पटक आएका अर्को टोलीसँग भने सरकार सहमतिमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १३:०९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।