Logo

प्रमुख समाचार

मिटरब्याजी पीडितको समस्या सम्बोधन नगरिए राप्रपा सडक संघर्षमा उत्रिन्छ : अध्यक्ष लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले मिटरब्याजी पीडितहरुको समस्या समाधान नगरिए सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मिटरब्याजीपीडित र हरवाचरवाको माग पूरा नगरे पार्टी सडक संघर्षमा उत्रने घोषणा गरेका हुन् ।

“मिटरब्याज पीडितहरू, खासगरी तराईमा हरवाचरवाको पुनः स्थापना माग गरिरहेको छ, सरकारले सम्बोधन गरोस्’, लिङदेनले भने, ‘अन्यथा, एउटा जिम्मेवार पार्टीको हैसियतले राष्ट्रिय प्रजातन्त्र पार्टी सडक संघर्षमासम्म जाने घोषणा गदर्छु ।”

उनले गरिब र निमुखामाथि बर्बर आक्रमण किन भइरहेको छ ? भन्दै प्रश्न पनि गरे । सोमबार काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही मिटरब्याजी पीडित घाइते भएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १३:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।