Logo

प्रमुख समाचार

बारा–२ मा गठबन्धनका साझा उम्मेदवार उपेन्द्रलाई नेसपाले नसघाउने



काठमाडौं । बारा– २ को उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबा साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनमै रहेको दल नेपाल समाजवादी पार्टीले नसघाउने भएको छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भटराई नेतृत्वको नेसपाले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ र चितवनमा भने नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

मंगलबार बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले तनहुँ र चितवनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने तर बारा २ मा उपेन्द्रलाई नसघाउने निर्णय गरेको हो।

केही दिनअघि नेसपा अध्यक्ष भटराईले समाजिक सञ्चालमासमेत उपेन्द्रप्रति कटाक्ष गर्दै उपनिर्वाचनलाई सत्तामा जाने भर्‍याङ नबनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १४:५८   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।