Logo

प्रमुख समाचार

चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बारा आउँदै



बारा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बारा आउने भएका छन् ।

बाराको पचरौतामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीले आज बारा आउन लागेका हुन् ।

उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बारा आउन लागेको एमाले पोलिटब्युरो सदस्य एवं बारा इन्चार्ज अच्युत मैनालीले जानकारी दिए । अध्यक्ष ओली मध्यान्न १२ बजे सिमरा विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको मैनालीले बताए ।

बारा-२ मा एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार छन् । अध्यक्ष ओली केही दिन अघि नै तीन वटै निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भए पनि स्वास्थ्यमा केही समस्या आएका कारण जान सकेका थिएनन् ।

स्वास्थ्यमा सुधार आएसँगै अध्यक्ष ओली आज बारामा हुने आमसभालाई सम्बोधन गर्न जान लागेको उनको सचिवालयले जनाएको छ ।

वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १०:२७   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।