काठमाडौं । एसीसी प्रिमियर कपमा बहराइनले सिंगापुरलाई २ सय ८७ रनको लक्ष्य दिएको छ । टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो।
बहराइनका लागि फैज अहमद र शाहबाज बदरले अर्धशतकीय ईनिङ खेले । फैज अहमदले ५९ बलमा ७९ रन बनाउँदा शाहबाज बदरले ९८ बलमा ७६ रन बनाए । साहिल अहमदले ४६ तथा कप्तान हैदर बटले २९ रन बनाए ।
सिंगापुरका लागि रमेश कालिमान्थु,थिलिपन ओमिदुरी र विनोथा बसकरनले समान २÷२ विकेट लिए ।




















प्रतिक्रिया