Logo

खेलकुद

एसीसी प्रिमियर कप : बहराइनले सिंगापुरलाई दियो २८७ रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कपमा बहराइनले सिंगापुरलाई २ सय ८७ रनको लक्ष्य दिएको छ । टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो।

बहराइनका लागि फैज अहमद र शाहबाज बदरले अर्धशतकीय ईनिङ खेले । फैज अहमदले ५९ बलमा ७९ रन बनाउँदा शाहबाज बदरले ९८ बलमा ७६ रन बनाए । साहिल अहमदले ४६ तथा कप्तान हैदर बटले २९ रन बनाए ।

सिंगापुरका लागि रमेश कालिमान्थु,थिलिपन ओमिदुरी र विनोथा बसकरनले समान २÷२ विकेट लिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १२:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।