Logo

खेलकुद

६२ बलमा शतकभन्दा बढी रन बनाउँदै मल्ल आउट



कठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा नेपालले वमनविरुद्व ब्याटिङ गरिरहेको छ । ५० ओभरको खेलमा ४० ओभर सकिँदा नेपालले २२१ रन जोडेको छ ।

अहिलेसम्म सबैभन्दा राम्रो कुशल मल्लले खेलेका थिए । उनले ६३ बल खर्चेर ९ चौका र १० छक्का प्रहार गरे। उनले शतकभन्दा बढी रन जोडेर आउट भए। ६३ बल खर्चेर उनले १०८ रन जोडेका छन् । याे सँगै नेपालले ७ विकेट गुमाएकाे छ । ब्याटिङमा सन्दिप लामिछाने आएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १२:१०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।