काठमाडौं । निर्वाचन आयोगले १० वैशाखमा उपनिर्वाचन हुने तीन वटै क्षेत्रको नमुना मतपत्र सार्वजनिक गरेको छ । तनहुँ– १, चितवन २ र बारा २ मा भोलि (वैशाख १० आइतबार) उपनिर्वाचन हुँदैछ ।
मतदानपूर्व निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा राजनीतिक दलले संसदमा पाएको स्थानमा आधारमा क्रमशः चुनाव चिन्ह राखिएको छ । यो उपनिर्वाचनको मतपत्रमा माओवादी केन्द्रको भने चुनाव चिह्न छैन । गठबन्धन दललाई माओवादीले सघाएको हो ।
उपनिर्वाचनपूर्व अहिले मौन अवधि जारी छ । आयोगले उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र लगायतका निर्वाचन सामग्री पठाइसकेको छ ।
तनहुँमा ९ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ भने चितवनमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यस्तै बारामा सबैभन्दा धेरै ३४ जना उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । मतदानपूर्व निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक समेत गरेको हो ।
हेर्नुहाेस् नमुना मतपत्र























प्रतिक्रिया