काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले एजेन्डालाई भन्दा सेन्टिमेन्ट र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति देखा परेको बताएका छन् । लामो संघर्षबाट आएको नेताहरुमाथि धेरै तल उत्रिएर गाली गरेको गुनासो गर्दै उनले यो प्रवृत्तिले अराजकतालाई प्रश्रय दिने ठहर गरे ।
कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मुल्य, मान्यता र आर्दशलाई भन्दा मान्छे सेन्टिमेन्ट, भावना र आवेग वा अराजकतलाई प्रश्रय दिने प्रवृत्ति देखिन्छ। यस्तो बेलामा बौद्धिक जगतबाट वैचारिक बहस चलाउन जरुरी छ। कहि न कहिँ लामो संघर्षबाट आएको नेताहरुमाथि धेरै तल उत्रिएर गाली गरेको देख्ने गरिन्छ।’
यसैगरी प्रधानमन्त्री प्रचण्डले अहिले आफूहरुले कम्युनिष्ट पार्टीबीच मोर्चाबन्दीको प्रयासमा अगाडि बढिरहेको बताए । विचार मिल्नेसँग समाजवादी मोर्चा बनाएर पार्टी एकता गर्नेगरि अगाडि बढिरहेको उनले बताए । उनले सत्तारुढ गठबन्धनलाई पाँच बर्षसम्म जोगाएर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।




















प्रतिक्रिया