Logo

राजनीति

मुकुन्द न्यौपानेसहित एकीकृत समाजवादीका ३० जना नेता एमालेमा फर्किए



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपानेसहितका नेताहरु एमालेमा फर्किएका छन् । गत साता नेकपा एसबाट अलग भएका नेता न्यौपाने कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबाट एमालेमै फर्किएका हुन्।

उनीसहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामाङ लगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन्।

नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गरे ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १८:३४   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।